अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण अभियान सुरु

प्रकाशित मिति:

तराईका क्षेत्रका संगठन विस्तार गर्ने अभियानस्वरुप नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सोमबार संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान–२०७८ सुरु गरेको छ ।अनेरास्ववियु केन्द्रीय संगठन विभागले आजदेखि सुरु गरेका महाअभियान काठमाण्डौंमा त्रिचन्द्र क्याम्पसमा एमालेका महासचिव शंकर पोखरेलले शुभारम्भ गरेका थिए भने रुपन्देहीमा पार्टीका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईले शुभारम्भ गरेको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले जानकारी दिए । तराई मधेश क्षेत्रबाट रुपन्देहीले पहिलोपटक अभियान सुरु गरेको उनको भनाइ छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर। २ स्थित जोगडा माध्यमिक विद्यालयबाट महाअभियान सुरु गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईले अभियानको सुरुवात गरेका हुन् ।कार्यक्रममा बोल्दै नेता भट्टराईले तराई क्षेत्रमा अब विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहेदार गर्न अनेरास्ववियु उदाएको बताए । अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बञ्चित भएको बताउँदै उनले शिक्षाको विकाससंगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले महाअभियान सुरु गरेको बताए ।जोगडा माध्यमिक विद्यालयबाट सुरु भएको महाअभियान रुपन्देहीका क्याम्पस तथा माध्यमिक विद्यालयमा केन्द्रीत हुने र २५ हजार विद्यार्थी सदस्यता बनाउने गरी महाअभियानको सुरु गरिएको अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले शहरमा मात्र नभई गाउँगाउँमा अनेरास्ववियु विगुल फुक्न निस्केको बताए ।कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य राजु बेलाल, अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्यहरु बालकृष्ण पाण्डे, लेखनाथ खनाल, केन्द्रीय सदस्यहरु सन्दिप गुप्ता, नविन थापा सारु, कृष्णप्रसाद बस्याल, सीमा घिमिरे, साजन भण्डारी लगायतले बोलेका थिए । महाअभियानको सुरु गरिएको जोगडा माध्यमिक विद्यालयमा २ सय १० सदस्यीय संगठन विस्तार गरिएको बताइएको छ ।