माओवादीले गठन गर्‍यो ३२ विभाग : अध्यक्ष प्रचण्ड स्कुल विभाग इन्चार्ज

प्रकाशित मिति:

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा विभाग गठन गरेको छ । पार्टीका नेताहरुलाई जिम्मेवारी दिएर विभाग गठन गरिएको हो । जसमा स्कुल विभागका इन्चार्ज अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० आफैं रहेका छन् । स्कुल विभाग प्रमुख भने गिरीराजमणि पोखरेललाई दिइएको छ ।

यस्तै विदेश मामिला विभागको प्रमुख नारायणकाजी श्रेष्ठ रहेका छन् । संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मा बनेका छन् । नेता वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ ।

हरेक विभागमा ३५ सदस्य हुने भनिए पनि सबै सदस्य नियुक्त भने गरिएको छैन ।

Kendriya-Bibhag-1 (1)