पौडेल समूहले सर्वसम्मत उम्मेदवार छान्न सकेन, युवा नेताले हस्तक्षेप गरी विकल्प दिने
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका सभापतिका आकांक्षी र केन्द्रीय सदस्यसहितको बैठकले आज पनि सर्वसम्मत उम्मेदवार छान्न सकेन। केन्द्रीय सदस्यहरू प्रकाशमानसिंह र शेखर कोइरालाबीच को सभापति उम्मेवार हुने, सर्वसम्मत उम्मेदवार बन्ने भन्ने टुंगिन नसक्दा निर्णय नभएको हो।
सभापतिका आकांक्षीहरूले उम्मेदवार छान्न नसकेपछि युवा केन्द्रीय सदस्यहरूले हस्तक्षेप गर्ने भएका छन्।केन्द्रीय सदस्य गुरूराज घिमिरेले सर्वसम्मत उम्मेदवार तय गर्न सभापतिका आकांक्षीहरूबाहेक आफू निकट केन्द्रीय सदस्यको बैठकको भोलि बिहान ८ बजे बोलाइएको बताए।
उक्त बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुनेछ‘उहाँहरूले सर्वसम्मत सभापतिको उम्मेदवार छान्न सक्नुभएन, समय पनि लगाउनुभयो,’ उनले भने, ‘हामी भोलि केन्द्रीय सदस्यको बैठक बसेर सभापतिको उम्मेदवार र उम्मेदवार हुने आधारसहित नेताहरूलाई नाम बुझाउँछौं।’








