मङ्सिर महिनामा आयो मनै कुड्याउने गीत “चिनै मिलेन “

प्रकाशित मिति:

सुदिप गौतम। बुटवल –मङ्सिर महिना बिषेश गरि लगनको महिनाको रुपमा चिनिन्छ। बिवाह गर्न मिलेको उमेर समुह यो महिनामा धेरै बिवाह बन्धनमा बाधिने गर्छन। बिशेष गरि प्रेममा हुनेले कसैले आफ्नो प्रेमलाई प्राप्ति गर्छन त कसैको वियोग अर्थात बिछोड हुन्छ। बिवाह गर्दा चिना नमिलेर बिवाह गर्न नपाएका धेरै जोडीको पीडालाई प्रतिनिधिन्व गर्दै आज मात्र स्वाभिमान क्रियसन प्रा लि मार्फत  कमल प्रसाद कण्डेलको नया लोक दोहोरी गित चिनै मिलेन गित बजारमा आएको छ। गीतमा शब्द पनि कमल प्रसाद कण्डेलले लेखेका छन

स्वाभिमान क्रियसन प्रा लि मार्फत बजारमा आएको उक्त गीतमा हातैका पौजाले ,सनिसार ,बर्बादी जस्ता धेरै चर्चित गीतका लोकप्रिय लोक गायक कुसल बेलबासे र शान्ति श्री परियारको आवाज रहेको छ। गीतमा सङ्गीत श्रीकृष्ण अर्यालले भरेका छन। उक्त गीतको एरेन्ज पछिल्लो समयको व्यस्त एरेन्जर महेन्द्र  भण्डारीले एरेन्ज गरेका छन। गीतमा भगवानलाई आफ्नो प्रेम छुटेको कारण भगवानलाई पनि माफी नदिने जस्ता कुराहरु गीतमा समेटिएको छ।

उक्त भिडियोमा चर्चित कलाकार एबम निर्देशक राजू महोत्रा र लोकप्रिय मोडल सारिका केसीको प्रमुख भूमिका रहेको छ। सारिका र राजुले थुप्रै गीतमा सहकार्य गरेका छन। भिडियोको छायांकन कारन चैसारले गरेका हुन् भने सम्पादन /कलर मनोज कार्कीले गरेका छन। भिडियोमा निर्देशन र कथा परिकल्पना मोडल एबम पछिल्लो समयको व्यस्त निर्देसकको रुपमा चिनिएका बिनोद भण्डारीले गरेका हुन्। गीतको सफलताको शुभकामना

हेरौ भिडीयो