चर्चित पत्रकार अजयबाबुलाई काँग्रेसका युवा नेताको समर्थन, अग्रजको प्रोत्साहन

प्रकाशित मिति:

काठमाडौं । चर्चित पत्रकार अजयबाबु सिवाकोटीले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पार्टीका युवा नेताहरुको समर्थन र अग्रजहरुको प्रोत्साहन रहेको बताउनु भएको छ ।पत्रकारिता मार्फत लोकतन्त्रको पक्षमा काम गरिरहे पनि सांघुरो भएकाले अव पार्टीमै लागेर खुल्ला बाटो मार्फत काम गर्न लागेको उहाँको भनाई छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले आफुलाई पार्टीका सवै समुह र सवै वर्गका नेता कार्यकर्ताहरुको समर्थन रहेको उल्लेख गर्नुभयो ।

“मलाई पार्टीका सभापति, बरिष्ठ नेता, युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदिप पौडेललगायत सवै क्षेत्र, सवै पक्ष र सवै बर्गका नेता कार्यकर्ताहरुको सर्मथन छ, त्यसैले मैले जित्छु भन्ने विश्वास छ,” उहाँले भन्नुभयो ।हाम्राकुरा डटकमका संस्थापक प्रधान सम्पादक समेत रहनु भएका पत्रकार सिवाकोटीले आफुले राजनीतिमा लागेपछि पत्रकारिता छाडेको जानकारी पनि दिनुभयो । तत्कालिन सभामुख कृष्ण बहादुर महरा प्रकरण र तत्कालिन संचार मन्त्री गोकुल वास्कोटा प्रकरण पर्दाफास गरेका पत्रकार सिवाकोटीले अव पार्टी मार्फत विक्रिती र विसंगीत विरुद्ध अत्रिने अठोट व्यक्त गर्नुभयो ।

“मैले विगतमा पत्रकारिताबाट गतल प्रबृत्तिको पर्दाफास गरेँ, अव राजनीति मार्फत गर्नेछु,” पत्रकार सिवाकोटीले भन्नुभयो ।उहाँले आफु काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भए पार्टीलाई सूचना, संचार। संगठन र बैचारिक हिसावले नयाँ योगदान दिन सक्ने दावी पनि गर्नुभयो ।यही मंसिर २४ गतेदेखि हुने काँग्रेसको १४औँ महाधिवेशनमा उहाँले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।