पश्चिम नवलपरासीको बर्दघाट २ मा सम्पन्न भेलाले बर्दघाट नगर स्तरिय पारिवारिक निजि वन संघ नेपाल गठन गर्यो,
पारिवारिक निजि वन संघ नेपाल जिल्ला शाखा नवलपरसी पश्चिमको आयोजनामा बर्दघाट स्तरिय पारिवारिक वन किसान भेला विहिबार बर्दघाट २ स्थित चिसापानी सामुदायिक वनको सहभालमा सम्पन्न भएको छ । चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुंगको अध्यक्षता तथा पारिवारिक निजि वन संघ नेपालका केन्द्रिय अध्यक्ष डोलराज गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरिले सामुदायिक वनलाई जोगाई राख्न खाली जग्गामा बोट विरुवा रोप्नुपर्ने कुरामाथि जोड दिदै उहाँले उपभोक्ताले आफ्नो जग्गामा लगाएको बोटविरुवा काट्न पाउनुपर्ने अधिकार रहेको भएतापनि विभिन्न देशको तथ्यांकलाई अध्ययन गर्दा आफ्नै जग्गामा रोपण गरिएको बोटविरुवा काट्दा समेत जेल परेको, सजाय भएको घटनाहरुले आफु्लाई पनि यस तर्फ जागरुक बनाएको बतानुभयो ।
साथै उहाँले सामुदायिक वनको हकमा विदेशको जस्तो नेपालका कडा कानुन नभएको हुदा आफु्नो जग्गामा रहेको बोटविरुवा काटिसकेपछी पनि खोली हुन गएको जग्गामा फेरी विरुवा रोपण गर्न आवश्यक रहेको बताउनुभएको थियो । सो अवसरमा विशेष अतिथिको रुपमा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल परियार, महासंघका लुम्बिनी प्रदेश सचिवालय सदस्य नारायण पाण्डे लगाएतले मन्तब्य राख्नुभएकोे कार्यक्रममा अतिथिहरु महासंघका सरावल गाउपालिका अध्यक्ष किशुन बहादुर यादव, बासमति हरिजन, सुलोचना चौधरी लगाएतको आतिथ्यता रहेको थियो भने महासंघका पदाधिकारी, बर्दघाट नगरपालिकाका १६ वटै वडाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सम्पन्न भेलाले गोपिचन्दै न्यौपानेको अध्यक्षतामा १५ सदस्यिय पारिवारिक निजि वन संघ नेपाल बर्दघाट नगर स्तरिय समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा कुन्तीमाया कण्डेल, सचिव अशोक कुमार चौधरी, कोषाध्यक्ष विमला सिलवाल, सह सचिव कुल बहादुर चौधरी रहनुभएको छ भने सदस्यहरुमा पशुपति चौधरी, दिल बहादुर नेपाली, पदम पाणि, आचार्य हेमा रोका, शारदा पोखरेल लागएत रहनुभएको छ ।








