तिलोत्तमामा लैंगिक हिँसा सम्बन्धि प्रतिबद्धता, प्रयास र अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मङ्सिर २३ , तिलोत्तमा सिटी। रुपन्देहिको तिलोत्तमा नगरपालिकामा सोह्र दिने महिला हिंसा विरुद्धको अभियान अन्र्तगत आज सरोकारवालाहरु सग अन्तरक्रिया कार्यक्रम भएको छ । आज १५ औं दिन तिलोत्तमा नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नगरपालिका भित्रका १७ वटै वडाका जनप्रतिनिधि तथा महिला वडा सदस्यहरुको श्रीमान् श्रीमती सहित सरोकार वालाहरुको उपस्थिति रहेको सो कार्यक्रम तिलोत्तमा नगरपालिकाकी उपप्रमख जागेश्व देवी चौधरीको अध्यक्ष्तामा सम्पन्न भएको हो । नेपाल टेलिभिजनका संचालक समिति सदस्य , उप महानिर्देशक,लैंगिक रास्ट्रिय प्रशिक्षक तथा संचारकर्मी आरति चटौतले सहजीकरण गर्नुभएको सो कार्यक्रममा लैंगिक हिंसा बिरुद्ध विभिन्न खाले रचनात्मक क्रियाकलापमा महिला ससक्तिकरण, प्रतिबद्धता तथा भूमिका सम्बन्धि १७ वटै वडाका जनप्रतिनिधि हरु माझ खुल्ला छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख जागेश्वर देवी चौधरीले १६ दिने लैगिक हिंसाको बेला मात्र नभएर हरेक दिनरात सभ्य रुपमा कसैमाथि हिँसाको सबै मिलेर निर्मुल पार्नुपर्ने धारणा ब्यक्त गर्नुभएको छ । यस्तो खालको १६ दिने अभियानबाट गाउ गाउमा चेतना र ब्यबहारिक रुपमा प्रयोग र प्रयास हरु हुनुपर्ने बताउदै नगर उपप्रमुख चौधरीले लैंगिक नीति र हिँसा अभियानलाई समेत प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्ता गर्नुभयो । त्यस्तै सो कार्यक्रममा स्वागत मन्तब्य राख्दै तिलोत्तमा नगरपालिकाका निमित्त प्रसासकिय प्रमुख अधिकृत गंगाराम आचार्यले महिला कुनै पनि किसिमको हिंसा सबै मिलेर अन्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कसैले पनि हिंसा गर्ने नहुने, सहन नहुने र गरेको पाईएमा कडा भन्दा कडा कारबाही गर्नुपर्ने धारण ब्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका संचालक समिति सदस्य , उप महानिर्देशक,लैंगिक रास्ट्रिय प्रशिक्षक तथा संचारकर्मी आरति चटौतले सबै किसिमको हिँसा त्याग्न र बाहिर ल्याउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो। अभिमुखी करणको सहजीकरण गर्दै उहाले १६ दिनमा मात्र हिंसालाई समित नराखी सधै भरि यसको बिरुद्ध सरोकारवाला हरु सबै मिलि लाग्नुपर्ने बताउनुभयो । महिला बिकाश शाखाकी प्रमुख सम्झना भण्डारीको संचालनमा शुरु भएको सो कार्यक्रममा विभिन्न मघिला सरोकारवाला, बुद्धि। जीबी , संचारकर्मी, जनप्रतिनिधि दम्पत्ति, कर्मचारी युवा तथा तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका जनप्रतिनिधि दम्पतिहरुले आ आफ्नो बिचार ब्यक्त गरेका थिए।