काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा गणेश लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
शनिबार हुने उम्मेदवारको मनोनयदर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताउनुभयो । तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य रहनुभएका लामा पार्टी समायोनपछि महासमिति सदस्य तथा प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न १ ९ख० बाट उम्मेदवार बन्नुभएको थियो ।
पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको लामाले बताउनुभयो ।








