नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका छन्।
भृकुटीमण्डपमा शुक्रबारदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल, ओली र नेपालएक साथ देखिएका हुन्। नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको पहिलो पटक एउटै मञ्चमा उपस्थित भएका हुन्।









