देशको अभिभारा कांग्रेस, एमालेले मात्रै पुरा गर्न सक्छन् : ओली

प्रकाशित मिति:

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सहकार्य गरेर नेकपा एमाले देश विकासमासँगै हिँड्न तयार रहेको बताएका छन्। शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सम्बोधन गर्दै उनले देशको अभिभारा पुरा गर्ने क्षमता कांग्रेस र एमालेसँग मात्र भएको भन्दै एमाले कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

उनले आफू अगाडि वक्ताको रुपमा रहेका प्रचण्डले राजनीतिका दल एक्लै हिँड्न नहुने भन्दै राखेको भनाई तर्फ संकेत गर्दै एमाले अहिले पनि सहयात्रा गरिरहेको बताए।‘केही साना पार्टीलाई कांग्रेसले हात छाड्छ कि भन्ने चिन्ता लागेको रहेछ । सरकारमा मात्रैसँगै जान खोजेको हो कि पछिसम्म हो रु’ उनले भने, ‘सँगै त हामी पनि छौं, प्रमुख प्रतिपक्ष सहयात्री होइन ’