२४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका राजीनामाको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा समाजले काठमाडौंको बौद्धस्थित शान्ति स्तुपा अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागीहरुले ‘अनैतिक’ प्रधानन्यायाधीश : शीघ्र राजीनामा देऊ’, ‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकता : न्यायालयको शुद्धिकरण’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
सो अवसरमा बोल्दै समाजका केन्द्रीय सभापति गोबिन्द खनालले प्रधानन्यायाधीश राणाको कुकर्मले लोकतन्त्रको उपहास गरेको र लोकतन्त्रलई धरापमा पारेको आरोप लगाए । राणाको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा नैतिक रुपमा झनै च्युत भएकाले शीघ्र राजीनामा दिन उनले सुझाए । राणाले राजीनामा नदिए महाअभियोग लगाएर उनलाई पदमुक्त गर्न संसदमा रहेका दलहरुलाई उनले आग्रह गरे ।
प्रधानन्यायाधीशबारे दलहरुको मौनताको पछाडि उनीहरुको विगतका गल्ति मुख्य कारण रहेको खनालले औंल्याए । कोणसभामा बोल्दै समाजका पुर्व सभापतिहरु उत्तम पुडासैनी र होमकान्त चौलागाईं, महासचिव रामकृष्ण बराल र काठमाडौं सभापति भगवान पुडासैनीले प्रधानन्यायाधीश राणाले राजीनामा नदिंदासम्म शान्ति समाजको आन्दोलन जारी रहने बताए ।








