एमाले केन्द्रीय कमिटीअघि ओलीले बोलाए बालकोटमा सचिवालयको बैठक

प्रकाशित मिति:

एमाले अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् । सचिवालय बैठक अध्यक्ष ओलीको नीजि निवास बालकोटमा ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने केन्द्रीय सदस्य समेत रहेका तामाङले बताए । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।

उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय कमिटीमा मनोनित गर्ने १० प्रतिशत सदस्य समेटिएको थियो । ती प्रस्तावमाथि सचिवालयले छलफल गरेर सर्ट लिस्ट तयार गर्नसक्ने एमाले नेताहरुले बताएका छन् ।