कांग्रेस महाधिवेशनमा सोमबार राति साढे ८ बजेसम्ममा ३६ सय मत खसेको छ।बिहान ११ बजेदेखि सुरू भएको मतदान रातिसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो। तर, अब राति १० बजेसम्म मतदान हुने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले बताए।राति १० बजेसम्ममा मतदान सकिने आशा राखिएको उनले बताए। कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जना मतदाताले सहभागिता जनाउँदैछन्।
महाधिवेशनमा सभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरिरहेका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उठेका छन्।











