कांग्रेस महाधिवेशन : मतदानको समय फेरि डेढ घण्टा थपियो

प्रकाशित मिति:

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय साढे एक घण्टा थपिएको छ । निर्धारित ९ बजेभित्र मतदानको कार्यक्रम नसकिएपछि साढे एक घण्टा थपिएको हो ।

निर्वाचन समितिले राति साढे १० बजेसम्म मतदानको समय तोकेको छ ।यसअघि ५ बजेबाट थपेर ९ बजे पुर्‍याइएको थियो ।

यसैबीच सभापतिको मतदान अन्तिम चरणमा पुगेको छ ।