काठमाडौं, मंसिर २७ – कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणबाट बेलायतमा एक जनाको मृत्यु भएको छ । बेलायतमा ओमिक्रोन पुष्टि भएका एक जनाको ज्यान गएको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको ओमिक्रोनको सङ्क्रमणबाट ज्यान गएको यो नै पहिलो घटना हो ।
यसैबीच कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन सङ्कटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।












