मतदानको समय ९ बजेसम्म थपियो, ८ बजेसम्म ३४०० मत खस्यो

प्रकाशित मिति:

नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ। मंगलबार राति ८ बजेसम्म ३४०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो । दुबै उम्मेदवार राष्ट्रियसभा गृहमा भइरहेको निर्वाचनस्थलमै खटिएर मत मागिरहेका छन् ।