सबलपोस्ट/ मङ्सिर २७ गुल्मी । गुल्मीको इश्मा गाउँपालिका -६ अमरपुरको बुल्म स्थित आज बिहान लु ३ त ८९७७ न को ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर अत्यन्तै तिब्र गतिमा रहेको र ट्याक्टरको एक्कासि ब्रेक फेल हुदा दुर्घटना भएको धनार्जी प्रहरी चौकी प्रमुख नर बहादुर खड्काले जानकारी दिनु भयो ।
ट्याक्टर मोटरबाटो देखि करिब ५० मिटर तल खसेको छ । घाइते चालक भिम बहादुर कुमालको बायाँ खुट्टा र मुखमा सामन्य चोट लागेको छ । ट्याक्टर दुर्घटना भई स्थानीय कमल मुखियाको गोठमा गइ रोकिएको छ ।












