नेपाली कांग्रेसको सभापतिका प्रत्यासी डा। शेखर कोइरालाले दोस्रो चरणमा भएको मतदानबाट आफू विजयी हुनेमा विश्वस्त रहेको बताएका छन् । मंगलवार राति दोस्रो चरणको मतदान अन्तिम चरणमा पुग्दै गर्दा कोइरालाले विजयी हुने विश्वास व्यक्त गरेका हुन् । ‘मतदाताले मलाइ जिताउन भोट हाल्नु भएको छ, मलाइ विश्वास छ मैले सभापति जित्छु’ कोइरालाले भने । उनले प्रतिनिधिहरुको फैसला जे आएपनि स्वीकार गर्ने बताए ।
मतदान सकिनै लाग्दा सभापतिका अर्का प्रत्यासी शेरबहादुर देउवा पनि मतदानस्थल राष्ट्रिय सभागृहबाट बाहिरिएका छन् । ९ बजेसम्म तोकिएको मतदान अन्तिम चरणमा पुगेको छ । पौने ९ बजेसम्म ४ हजार ४ सय मत खसेको छ ।
४ हजार ७ सय ४३ मतदाता मध्ये हिजोको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । कसैले स्पष्ट बहुमत नल्याएपछि देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिष्पर्धा भएको हो ।











