प्रकाश न्यौपाने
मंसिर २९
पश्चिम नवलपरासी प्रहरीले २३ वर्ष देखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । विक्रम संवत २०५५ सालमा जिल्ला अदालत नवलपरासीले लागु औषध मुद्धामा दोष ठहर गरी सजाय तोकेका व्यक्तिलाई प्रहरीले २३ वर्ष पछि पक्राउ गर्न सफल भएको छ । फरार रहेका प्रतापपुर ८ का ४१ वर्षिय त्रिलोकि केवटलाई प्रहरी चौकि पाँचपेडाबाट खटिएको टोलीले मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका नवलपरासीका प्रवत्ता डिएसपि प्रेम बहादुर शाहिले जानकारी दिनुभयो ।
अभियुक्तलाई मंगलबार अदालत पेस गरिएकोमा अदालतले सजाय भुक्तानका लागी जिल्ला कारगार परासी चलान गर्न आदेश दिएको छ ।
केवटलाई लागु औषध मुद्धामा एक वर्ष ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको छ ।












