एसिया कप खेल्ने नेपाली यू १९ क्रिकेट टिमको घोषणा

प्रकाशित मिति:

काठमाडौं– एसिया कप खेल्ने यू १९ क्रिकेट राष्ट्रिय टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमो नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली यू १९ क्रिकेट टोलीको घोषणा गरेको हो।

टोलीका प्रशिक्षक वसन्त शाहीले बुधबार टिमको नामावली सार्वजनिक गरेका हुन्। टोलीको उपकप्तानमा शेर मल्ल छन्। टोलीमा विवेक यादव, सन्तोष कार्की, अर्जुन कुमाल, प्रकाश जैसी गुलशन झा, आदिल अन्सारी, वसिर अहमद र अर्जुन साउद

छन्। यस्तै दीपेश कँडेल, विवेक राना मगर, तिलक राज भण्डारी, दुर्गेश गुप्ता र राहुल भण्डारी छानिएको क्यानले जनाएको छ। टिम व्यवस्थापकमा धर्मराज गिरी छन्। एसिया कप आगामी डिसेम्बर २० सम्म यूएईमा हुँदैछ। नेपाल समूह बीमा छ।