रक्षामन्त्री मिनेन्द्र रिजालले बुझाए राजीनामा

प्रकाशित मिति:

१ पुस, काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् ।

यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

 

थप समाचार