काँग्रेसमा रुपान्तरणको आधार देखेको छैन- गोकुल बाँस्कोटा

प्रकाशित मिति:

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली काँग्रेसमा रुपान्तरणको आधार नदेखेको बताएका छन् ।

बाँस्कोटाले सामाजीक संजालमा लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘कांग्रेसको परिणाम आउदै गर्दा केही मान्छे अब कांग्रेसमा उधुम नै हुन्छ भन्ठान्दा रहेछन।तर मैले चै नीतीगत परिवर्तन हुने गरी कुनै गुणात्मक रुपान्तरणको आधार देखेको छैन।जितीसकेका र जित्दै गरेकालाई एकमुष्ठ बधाई।’

नेपाली काँग्रेसको १४ औं महाधिवेशन सकिएको छ । सभापतिमा शेरबहादुर देउवा विजयी भएका थिए । त्यस्तै महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।