महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका रुद्रपुरले क्यान्सर पिडित जुगुन्ती थारुलाई आर्थिक सहयोग
३ पुष, कञ्चन- रुपन्देहीको कञ्चन गाउँ पालिका वडा न ५ की क्यान्सर पिडित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका जुगुन्ती थारुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, रुद्रपुर अक्षयकोषले स्वाथ्योपचारार्थ आर्थिक सहयोग गरेको छ।कञ्चन ५ भैसाही निवासी महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका जुगुन्ती थारु बिगत डेड बर्ष अगाडि देखि स्तन क्यान्सर भैइ उपचार गराउदै आउनु भएको र निजको उपचारको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका रुद्रपुर अक्षयकोषबाट १० हजार रुपैया सहयोग स्वरुप प्रदान गरिएको कञ्चन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा रुद्रपुर स्वास्थ्य चौकी व्यबस्थापन समितिका सदस्य सुमित्रा बुढाथोकीले जानकारी दिनु भएको छ।
ग्रामिण स्वास्थ्यमा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाको रुपमा लामो समय देखि कार्य गर्दै आउनु भएका थारु अस्वस्थता कारण गाउघरे क्लिनिक तथा खोप केन्द्रहरुमा गई सेवा गर्न सक्नु भएको छैन। गाउ गाउमा गई गाउका मानिसहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना गराउदै हिड्नु भएकी थारु स्तन क्यान्सरबाट ग्रसित हुनुभएकोले आफ्नै सहकर्मीको उपचारका लागि तत्कालिन रुद्रपुर गा।बि।स।ले स्थापना गरेको अक्षयकोषबाट सो आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
रुद्रपुर स्वास्थ्यचौकीमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका संघ कञ्चनकी संयोजक पवित्रा चापागाई सहित महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको समेत सहभागिता रहेको थियो।











