नेपाल टेलिभिजनमा २ बर्ष भन्दा बढी समय प्रशारण भएकोे चर्चित हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भयो । विशेषगरि, यो शोका होस्ट जीतु नेपाल र शोे निर्माण कम्पनीविचवको असमझदारी, कलाकारहरुविचकोे तिक्तता आदिका कारण शोे बन्द भएको थियो ।
तर, शो बन्द भएको केही समयपछि फेरि यसलाई नयाँ तरिकाले प्रशारण गर्ने तयारी गरिएको छ । यो शोलाई जीतु नेपालले नै होस्ट गर्नेछन् । शोको नाम पनि ‘मुन्द्रेको कमेडी क्लब’ नै राखिएकोे छ । यो शोलाई अब दिनेश डीसीले निर्देशन गर्ने पक्का भएको छ ।
शोका होस्ट जीतु नेपालले अनलाइनखबरसँग भने–‘हामी शो फेरि प्रशारण गर्ने तयारीमा जुटेका छौ । विभिन्न टेलिभिजनहरुसँग कुराकानी पनि भैरहेकोे छ । तर, कुन टीभीबाट प्रशारण हुन्छ भन्ने पक्का भएकोे छैन ।’जीतुले यसपटक शोेमा यसअघिका कलाकारमध्ये केही नहुने पनि बताए ।











