नेपाली कांग्रेस दलित महिला केन्द्रीय सदस्य पदमा सबै ९चारै० जना प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षका विजयी भएका छन्।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतपरिणामअनुसार दलित महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन्। उनीहरू सबै देउवा प्यानलका हुन्।
लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए भने चितवनकी शान्ति र पाल्पाकी रुपा पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसमितिमा आएका हुन्।











