पछिल्लो समय धेरै कलाकारको फोकस म्युजिक भिडियो हुन थालेको छ । थोरै समय दिए पुग्ने र आम्दानी पनि राम्रो हुने भएकोले अधिकांश कलाकार म्युजिक भिडियोमा देखिएका छन् ।
तर, अभिनेता अनमोल केसीको भने हालसम्म म्युजिक भिडियो आएका छैन । कारण अनमोलले आफ्नो फोकस म्युजिक भिडियो भन्दापनि फिल्म भएको बताउँदै आएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पनि अनमोलले सोही कुरा दोहोर्याए ।
‘फिल्ममा ४–५ वटा गीत नै हुन्छ । त्यसैले अहिले म्युजिक भिडियो खेल्नु आवश्यक ठान्दिन म,’ अनमोलले भने ‘म म्युजिक भिडियोप्रति भने सकारात्मक छु ।’ आफ्नो फोकस अहिले भिडियो भन्दा फिल्म भएको उनले सुनाए ।काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा ‘ईम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ ले अनमोलाई आफ्नो ब्राण्ड एम्बासडर समेत नियुक्त गरेको छ । आफू यो ब्राण्डसँग जोडिन पाउँदा खुशी लागेको अनमोलले बताए । ‘ईम्पायरले अष्ट्रेलियामा विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउँदै आएको छ ।
अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले धेरै कुरा सिक्नुहुनेछ र सिकेको कुरालाई नेपाल फर्किएर लागू गर्नुहुनेछ ’ अनमोलले थपे । ईम्पायरका प्रमुख स्वतन्त्रप्रताप शाहले अनमोलको देश विदेशको क्रेज देखेर ब्राण्ड एम्बासडर नियुक्त गरेको बताए ।











