नेपाली पुरुष भलिबल टाेली बङ्गलादेशसँग साेझाे सेटमा पराजित

प्रकाशित मिति:

काठमाण्डौ – बङ्गलादेशमा आज बिहीवारदेखि सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली पुरुष टोलीले हार बेहोरेको छ ।

बङ्गलादेशसँग भएको पहिलो खेलमा नेपाल तीन–शून्यको सोझो सेटमा पराजित भएको हो । नेपाल बङ्गलादेशसँग २५–१७, २५–१७ र २५–(१९ को सेटमा पराजित भएको हो ।अब नेपालले दोस्रो खेलमा भोलि शुक्रवार उज्वेकिस्तानसँग खेल्नेछ ।

यसअघि आज नै भएको महिलातर्फको खेलमा नेपाली टोलीले श्रीलङ्कालाई हराएको थियो ।