प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको निम्तो आएको छ।नेपाली कांग्रेसका नेता प्रकाशशरण महतका अनुसार गुजरातमा जनवरी १० देखि १२ सम्म भाइब्रेन्ट गुजरात ग्लोबल समिट हुँदैछ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त हो। २०१४ मा भारतीय प्रधानमन्त्री हुनुअघि उनी गुजरातका मुख्यमन्त्री थिए।सन् २००३ देखि सुरू भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट दुईरदुई वर्षमा हुने गरेको छ।भाइब्रेन्ट गुजरातमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख, मन्त्रीहरू, विभिन्न कम्पनीका सिइओहरू सहभागी हुन्छन्। समिटको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री देउवा समिटमा सहभागी हुनेरनहुनेबारे यकिन भइसकेको छैन।‘ओमिक्रोनको संक्रमण कस्तो हुन्छ। त्यसका आधारमा प्रधानमन्त्री भारत जानेरनजाने टुंगो हुन्छ,’ महतले भने।गत असारमा पाँचौं पटक प्रधानमन्त्री भएका देउवाले भारतको औपचारिक भ्रमण गरेका छैनन्।यसपालि प्रधानमन्त्री भएपछि देउवा पहिलो विदेश भ्रमणका रूपमा कोप(२६ मा सहभागी हुन बेलायत गएका थिए।











