वडा अध्यक्ष न्यौपानद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता

प्रकाशित मिति:

बुटवल, १० पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो जन्म दिनलाई सामाजिक काम गरेर मनाएका छन् । तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपानेले जन्मदिनको अवसरमा आफ्नै वडाको गौतम बुद्ध मा वि केवलानीका कक्षा १ देखि ६ कक्षा सम्मका १०३ जना विद्यार्थीलाई कापी कलम, लगायत शैक्षिक सामग्री र जुत्ता वितरण गरेका छन् । साथै वडा अध्यक्ष न्यौपानेले विद्यालयमा बस संचालनका लागि व्यक्तिगत तर्फबाट एक लाख रुपैयां सहयोग गरेका छन् ।

सो अवसरमा वडा कार्यालयमार्फत विद्यालयलाई स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शर्मा र प्रधानाध्यापक मृगेन्द्र शर्माले वडा अध्यक्ष न्यौपानेको सहयोगको सराहना गरेका थिए । वडा अध्यक्ष न्यौपानेले आफूले पाउने तलब भत्ता पनि आफूले नलिई विद्यालयका निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्दै आएका छन् ।