बर्दघाट २ चिसापानीमा निशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न,

प्रकाशित मिति:

रामु भुसाल,- “स्वास्थ्य जाँच गराऔ,जीवन बचाऔ, भन्ने मुल नाराका साथ आज देवदह मेडिकल कलेज भलुही र चिसापानी सामुदायिक वन उपभोक्ता समूह बर्दघाट २ को संयुक्त आयोजनामा आइतबार सामुदायिक वनको प्रांगणमा नि शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चिसापानी सामुदायक वनका अध्यक्ष होम बहादुर गुरुङ्ग, देवदह मेडिकल कलेज भलुहीका अध्यक्ष गोपाल बहादुर पोखरेलको सयुक्त अध्यक्षता तथा बर्दघाट नगर पालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं बर्दघाट वार्ड नम्बर २ की वडाध्यक्ष दया दर्लामीको वशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्यालले नगरवासीको स्वास्थको लागि नगरपालिकाले सक्दो सहयोग गरिराखेको र भोलीका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगरलाई स्वस्थ नगर बनाउने अभियानका साथ आफुहरु लागेको बताउनुभयो ।

सोही अवसरमा बोल्दै विशेष अतिथि दर्लामीले अझै पनि नागरिकहरु आफ्नो स्वास्थ्यमा ध्यान नदिदा पछि बढी जोखिम हुने हुदा समयमै स्वास्थ्यको ख्याल गरि स्वसथ्य विमा गराउनुपर्ने कुरामाथि जोड दिदै बर्दघाट नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरि रहदा सामाजिक संघ सस्थाहरुले विकट र ग्रामिण क्षेत्रहरुमा समेत यस किसिमका अभियानहरु सञ्चालन गर्न सके फलदायी हुने बताउनुभयो । कार्यक्रममा मेडिकल कलेजका अध्यक्ष पोखरेलले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै देवदह मेडिकल कलेज सदैव स्थानिय सरकार र संघ सस्थाहरु संग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष एवं चिसापानी सामकुदायिक वनका कार्यालय सचिव कमल परियारको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन वनका सचिव अनिल गुरुङ्गले गर्नु भएको थियो ।

शिविरमा मानसिक रोग, हाडजोर्नी, यौन तथा छाला रोग र महिला तथा बालबालिका सम्बन्धी रोग विशेषज्ञ डाक्टर सहितको निशुलक स्वास्थ्य जाँच सहित निशुलक औषधी वितरण गरिएको थियो । सो शिविरमा नगरका २ सय १९ जना सेवाग्राहीहरुले सेवा लिएका थिए । समाजिक उत्तरदायित्व अन्र्तगत चिसापानी सामुदायिक वनले विभिन्न क्रियाकलाप अन्र्तगत स्वास्थ्य शिविर आफ्नो कार्यक्षेत्र भित्रका ३ स्थानमा शिविर सञ्चालन गरि हजार बढीलाई सेवा दिएको सामुदायिक वनका अध्यक्ष गुरुंगले जानकारी दिनुभयो ।