मानव अधिकार शिक्षा, विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।जिवन मर्यादा समानता र स्वतन्त्रताको अधिकार, दिगो शान्ति र समृद्धिको आधार मूल नारालाइ मध्यनजर गर्दै नेपाल मानव अधिकार संगठन रूपन्देहीद्धारा भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वरिष्ठ अधिवक्ता दिनेश मणी त्रिपाठीले हामी अझै पनि प्रजाकै संस्कृतिमा रहेको बताउँदै मानव अधिकारको संस्कृती र शिक्षा अति आवश्यक पर्ने कुरामा जोड दिए । मानवीय चेतनाको र स्वतन्त्रताको विस्तार आमी आफैले गर्नु पर्ने उनको भनाइ छ ।
बाइट दिनेश मणी ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग रुपन्देहीका प्रमुख सन्तोश आचार्यले हामी आफ्नो अधिकार उपभोग गर्ने र अरुको अधिकारका लागि सचेत बन्यौँ भने मानव अधिकार सस्ंकृतीको विकाश हुने बताए । राज्यले रोजगारी सम्बन्धमा संविधानका किताबको सेतो पानामा रातो मसीले लेखेर मात्र होेइन त्यस्लाइ कार्यन्वयनमा ल्याउनु पर्नेमा आचार्यले जोड दिए ।











