दुनिया बदल्ने तागत शिक्षामा मात्र छ:सांसद डा.पाठक

प्रकाशित मिति:

कौरव खत्री/बागलुङ ११ पौष -त्रिभुवन नमूना माध्यमिक विद्यालय बडिगाड गाँउपालिका २ खर्वाङ्ग बागलुङको ६२ औ बार्षिक उत्सव शनिवार सम्पन्न भएको छ ।बार्षिक उत्सवको समापन समारोहमा बोल्दै प्रमुख अतिथि बागलुङ क्षेत्र नं. १ का संघीय सांसद डा.सूर्य पाठकले दुनिया बदल्ने तागत शिक्षामा मात्र भएको बताउनु भयो ।साथै सांसद पाठकले शिक्षाबाट प्राप्त ज्ञान र सिपले समाज,जिवन,दुनियाँ बदल्ने पनि शिक्षा रहेकोले यसको महत्व रहेको भन्दै शिक्षाको गुणस्तर सुधारमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा बडिगाड गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदी, बडिगाड गाँउपालिकाका शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्री,राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोख्रेल,नेकपा एमाले बडिगाड गाँउपालिका सचिवालय सदस्य कृष्ण प्रसाद खरेल,नेपाली काँगे्रस बडिगाड गाँउपालिका २ का सभापति डिल बहादुर राना,बडिगाड गाँउपालिका २ का वडा अध्यक्ष ढाल प्रसाद शेरचन,गलकोट नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष डम्मर श्रीस,गलकोट माध्यमिक विद्यालयका शिक्षक सोमलाल सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै त्रिभुवन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारीले भावी लक्ष्य सहित विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।गत पौष ५ गते देखि शुरु भएको बार्षिक उत्सवका अवसरमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता,त्रिभुवन आइडल,कपर्दी,वक्तृत्वकला प्रतियोगिता, अन्तर सदनात्मक भलिवल प्रतियोगिता,सदनात्मक रेकर्ड डान्स प्रतियोगिता, दौड,हाइजम्प,ट्रिपल जम्प,विज्ञान शैक्षिक प्रदर्शनी, सम्मान कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न भएका थिए ।कार्यक्रम त्रिभुवन नमुना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद भूषालको अध्यक्षता तथा विद्यालयका सहायक प्रधानाध्यापक शिव पोख्रलको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रम सञ्चालन भने विद्यालयका शिक्षक कमल पौडेलले गनु भएको थियो ।