सुदिप गौतम। बुटवल- लोकप्रिय मोडल एबम लोक दोहोरी गायक निर्देशक पुस्कल शर्मालाई बियोगान्त गीतको धरोहरको रुपमा लिने गरिन्छ। उनको गित मुटुजलाई जलाई गीत बजारमा आईसकेपछि बियोगान्त गीतको धारनै परिबर्तन गरिदिएको पाईन्छ। पुस्कल शर्माले गायिका बिष्णु माझी र मोडलमा रन्जिता गुरुङ संग गरेको सहकार्य निकै फापेको देखिन्छ। रन्जिता र पुस्कलले एकसाथ् अभिनय गरेका गीतहरु कालिमा हाम फाले , छोडेभने मैले सास फेर्न ,मुटु जलाई जलाई ,मुटु जल्छ मेरो ,जोर संख फुकेर लगायतका गीतहरु आज पर्यान्त उत्तिकै सदाबहार हिट गीत मानिन्छ।
बिष्णु माझि संग फाट्ट फूट गीतहरु आएपनि रन्जिता संग भने पुस्कलको सहकार्य पातलिएको थियो। कारण रन्जिता सन्तान हुर्काउन लामो समय भिडियोलाई ब्रेक गरिन। यी दुई जोडीलाई दर्शक श्रोताले अत्याधिक रुचाएका थिए। यी दुई चर्चित मोडल रन्जिता र पुस्कललाई फेरी एक ठाउमा ल्याउने काम गरेको छ हालै मात्र बजारमा आएको गित “तिम्रो के हाल छ “गीतले। अमित बाबु रोकाय र बिष्णु माझीको स्वरमा उक्त म्युजिक भिडियो बजारमा आएको हो। जगत बस्नेतको शब्द अमित बाबू रोकायाको संगित रहेको छ। गीतको एरेन्ज चर्चित एरेन्जर बिनोद बाजुरालिले गरेका हुन्।
भिडियोमा पुस्कल शर्मा ,रन्जिता गुरुङको अलावा अर्जुन भुषाल लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ। मुस्लिम युवती र ब्राम्हण केटा बिचको प्रेमकथा देखाईएको छ। राम केसी को छायांकन र अमृत चापागाईको कलर र सम्पादन रहेको छ। भिडियोको निर्देशन श्रीजन बरालले गरेका हुन्। उक्त भिडियो गायक रोकायाले आफ्नै युट्युब च्यानल देखि बजारमा ल्याएका हुन्। अहिले युट्युबको ३५ औ स्थान ओगट्न सफल भएको छ। गीतलाई बधाई संगै सफलताको पनि शुभकामना हेरौ भिडियो












