जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बर्दघाट १२ पश्चिम् नवलपरासीको सामाजिक लेखापरीक्षण सप्पन्न ,

प्रकाशित मिति:

रामु भुसाल- जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बर्दघाट १२ पश्चिम् नवलपरासीको ट्रयाग परियोजना को सामाजिक लेखा परिक्षण कार्यक्रम सोमबार जहदा मा सम्पन्न भएको छ ।

पुस्तकालयका अध्यक्ष सुरज के.सी को अध्इक्षता एवं बर्दघाट नगरपालिकाका उप प्रमुख माया देवी पौडेल को प्रमुख आतिथ्इता तथा बर्दघाट नग रपालिका वार्ड नंं १२ का वर्ड अध्यक्ष मान बहादुर मल्ल र १३ का वार्ड अध्इक्ष नर बहादुर चौधरी को बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुस्तकालयले गरेका क्रियाकलाप परियोजना र आर्थिक आय व्ययको बारेमा नारायण बस्यालले सहजीकरण गर्नुभएकोथियो ।

सो अवसरमा पुस्तकालयका पदाधिकारी ट्याग किशोरी अभिभावक लगायत सरोकार वालाको सहभागिता रहेको थियो । सो अवसरमा श्रण नेपाल द्धारा सञ्चालित टयाग परियोजनाका क्षेत्रिय संयोजक राजु चापागाई संचारकर्मी रामु भुषाल लगायतले सुझाव सहित मनतव्य राख्नु भएको थियो । टयाग परियोजनाका कार्यक्रम संयोजक एवं प्रशिक्षक लक्ष्मी धिताङको स्वागत मनतव्य रहेको कार्यक्रम को संचालन पुस्तकालयका सचिव गोपाल सिंह आलेले गर्नुभएको थियो ।