माओवादी स्थायी कमिटी बैठक : समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन

प्रकाशित मिति:

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरेको छ ।मंगलबार प्रज्ञा भवनमा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी दिएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए । युवा, महिला, मुस्लिम, जनजाती र संविधानमा व्यवस्था गरेअनुसारको समावेशीको क्लस्टर बनाउने उनले जानकारी दिए ।

त्यस्तै महाधिवेशन दुई दिन लम्विने र १६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने उनको भनाइ छ । बुधबार १ बजेदखि समूह नेताले समूहको निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको छ । पर्सीसम्म निष्कर्ष पेश गर्ने समय निर्धारण गरेको पौडेलले बताए ।