नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता घोषणा

प्रकाशित मिति:

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमाझ दुवै पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित छन् ।एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डीएस महता) ले पार्टी एकतापश्चात् सबैले इमान्दारपूर्वक जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

‘हामी जनताका जीवनसँग जोडिएका कुराहरु उठाउँछौँ । त्यसको सम्बोधन गर्छौँ । हामी त्यसैमा प्रतिबद्धता छौँ भन्ने भएपछि पनि पार्टी एकता भएको हो,’ महताले भने, ‘त्यसो भएको हुनाले सबै साथीहरुलाई आ(आफ्नो क्षेत्रमा पार्टीले जुन जिम्मेवारी दिन्छ सहर्ष स्वीकार गरेर नयाँ चिज दिनुपर्छ । यसमा इमान्दारपूर्वक, निष्ठापूर्वक सबैलाई लागौँ भन्न चाहन्छु ।’