बुटवल । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेलाई दक्षिणपन्थी अवसरवादको चिन्ता रहेको बताउनुभएको छ ।प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उहाँले एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको बताउनुभयो ।
नेता गुरुङले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गर्नुभयो । कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको उहाँको दाबी थियो । विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको उहाँले आरोप लगाउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले १०औँ महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताउनुभयो ।राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताउनुभयो ।











