वर्षाका कारण व्यापार मेलासमेत स्थगित

प्रकाशित मिति:

बुटवल । मंगलबार साँझबाट परेको वर्षाका कारण बुटवल तथा आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । वर्षासँगै चिसो बढेपछि बुटवल, भैरहवा लगायत सहरका बजार सुनसान देखिएको छ ।

वर्षाकै कारण बुटवलमा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला स्थगित भएको छ । वर्षा नरोकिएपछि बुधबार मेला स्थगित गरिएको हो । उद्योग व्यापार संघ बुटवलको आयोजनामा सञ्चालित मेला बुधबार पूर्ण रुपमा स्थगित गरिएको संघले जनाएको छ । वर्षा रोकिएको खण्डमा बिहीबारदेखि मेला सञ्चालन हुने जनाइएको छ ।

स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधिकरण नाराका साथ पुस ८ गते सुरु भएको मेलामा ४७० स्टल छन् । पुस २० गतेसम्म चल्ने मेलामा दैनिक करिब ३ करोड रुपैयाँको कारोबार हुने अपेक्षा छ ।

थप समाचार