काठमाडौं, पुस १५ – चर्चित र्यापर आशिष राना उर्फ लाउरे पक्राउ परेका छन्। उनी बुधबार साँझ पोखराबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० सुन्दर तिवारीका अनुसार पोखराको न्यूरोडबाट लाउरेलाई पक्राउ गरिएको हो।
रानालाई लागूऔषधको मुद्दामा पक्राउ गरिएको डिएसपी तिवारीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। जिल्ला अदालत कास्कीबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाउने तयारीमा प्रहरी रहेपनि आज सार्वजनिक बिदा भएका कारण सम्भव नभएको र म्याद थपका लागि भोलिमात्रै अदालत लगिने डिएसपी तिवारीले जानकारी दिए।












