प्रधानमन्त्री शेरबहादुर देउवालाई डा। गोविन्द केसीले भेटेका छन्।बिहीबार डा। केसीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा देउवालाई भेटेका हुन्।भेटमा शिक्षा र स्वास्थ्य, बिपी प्रतिष्ठान, चोलेन्द्र प्रकरण र निर्मला कुर्मी न्यायको लागि आन्दोलनरत अधिकारकर्मीको मागका विषयमा छलफल भएको प्रेस संयोजक प्रितम सुवेदीले जानकारी दिए।उनका अनुसार प्रधानमन्त्री देउवाले सात बुँदे मागलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न भएको प्राविधिक जटिलतालाई एक दुई दिनमै सल्ट्याउन निर्देशन दिने, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महा अभियोगका लागि सत्ता गठबन्धनमा छलफल गर्ने लगायतका विषयमा प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएको संयोजक सुवेदीले बताए।
त्यस्तै निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिने, आन्दोलनकारीसँग संवाद गरी सहमति गर्न तथा घर फर्किने वातावरण बनाउन गृह मन्त्रीलाई निर्देशन दिने समेत प्रतिबद्धता जनाएको जारी एक विज्ञप्तिमा उल्लेख छ।भेटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, अधिवक्ता ओमप्रकाश अर्याल, मोहना अन्सारी लगायत उपस्थित थिए।
डा केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग सम्बोधन सम्बन्धी सात बुदे माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा डा केसीसँगको भेटमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता गर्नु भयो। pic.twitter.com/KnDRIGA5HN
— Pritam Subedi (@PritamSubedi) December 30, 2021











