राष्ट्रिय एकता तथा मेलमिलाप नीतिकै जगमा अहिलेको राजनीतिक परिवर्तन सम्भव भयो : प्रधानमन्त्री
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिकै जगमा अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ ।४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री समेत रहेका देउवाले बिपी कोइरालाको उक्त नीतिको जगमा वर्तमान परिवर्तन सम्भव भएको बताउनुभएको हो ।काँग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरुको त्याग, संघर्ष र योगदानप्रति उनले उच्च सम्मान प्रकट गरेका छन् ।
२०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रेय नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो । उहाँहरुको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो। आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु,ु देउवाले लेख्नुभएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ ।











