तिलोत्तमा जेसिजको अध्यक्षमा बिनित भट्टराई

प्रकाशित मिति:

तिलोत्तमा जेसिजको अध्यक्षमा बिनित भट्टराई निर्विरोध चयन भएका छन् । तिलोत्तमा जेसिजको सम्पन्न १० औ बार्षिक साधारणसभा शाखा अधिवेसनले भट्टराईको नेतृत्वमा बर्ष २०२२ का लागि सर्वसम्मत कार्यसमिती चयन गरेको हो ।
कार्यसमितीको कार्यकारी उपाध्यक्षमा दिपक घिमिरे, रामु रोका, उपाध्यक्षमा बिजय न्यौपाने, प्रथम पराजुली, प्रकाश न्यौपाने र कमल कडेल सर्वसम्मत चयन भएका छन् । महासचिव कोषाध्यक्ष र कानुनी सल्लाहाकार अध्यक्षले मनोनयन गर्ने जेसिजको विधान बमोजीम सस्थाको महासचिव पदमा प्रकाश गौतम र कोषाध्यक्ष पदमा सन्दिप पौडेल मनोनित भएका छन् । यस्तै कानुनी सल्लाहकारमा महेश पौडेल “शर्मा” मनोनित भए ।

तिलोत्तमा जेसिज बर्ष २०२१ का अध्यक्ष बासुदेव शर्माको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा बोल्दै तिलोत्तमा जेसिजका सस्थापक अध्यक्ष बिनोद ढकालले तिलोत्तमा जेसिसले प्राप्त गरेको उपलब्धीलाई सस्थागत गर्दै जेसिजको बिधि अनुसार अगाडी बढ्न आग्रह गरे ।कार्यक्रममा बोल्दै सस्थाका पुर्व अध्यक्ष सिनेटर यादव भट्टराई, जेसी बिनोद सुवेदी, सिद्धार्थनगर जेसिजका अध्यक्ष जेसी गोपाल ज्ञवाली, निर्वाचन आयुक्त तथा निर्वतमान अध्यक्ष लोक प्रसाद भण्डारी ‘राजु‘ लगायतले बोल्दै साधारण सभा सफलताको कामना गरेका थिए ।

जेसिज प्रकाश गौतमको स्वागत तथा बिनित भट्टराईको संचालनमा सम्पन्न भएको साधारण सभाले महासचिव भट्टराईले पेश गर्नु भएको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष टिका पौडेल ‘रोहित‘ले पेश गर्नु भएको कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ ।साधारण सभाको अवसरमा नेपाल जेसिजबाट प्रदान गरिने अवार्डहरु मध्ये यस बर्ष तिलोत्तमा जेसिजले उत्कृष्ठ त्रैमासिक शाखा पुरस्कार , उत्कृष्ट एरिया डी जेसीस सप्ताह पुरस्कार, सर्वोत्कृष्ठ लोम डेभलप्मेन्ट ग्रोथ अवार्ड लगायतको पुरस्कार प्राप्त गर्न सफल भएको अध्यक्ष बासुदेव शर्माले जानकारी दिए ।