नेपाली कांग्रेसको महासमिति सदस्यमा ६ जना थप

विभिन्न क्षेत्रमा रहेर पुर्‍याएको योगदानको आधारमा उनीहरुलाई महासमिति सदस्यमा थप

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको महासमिति सदस्यमा ६ जनालाई थप गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विभिन्न क्षेत्रमा रहेर पुर्‍याएको योगदानको आधारमा उनीहरुलाई महासमिति सदस्यमा थप गरिएको हो । अहिले थप गरिएको महासमिति सदस्यहरुमा विनोद चौधरी, अनिल रूंगटा, स्वर्णिम वाग्ले, दीपक अधिकारी, शम्भुलाल श्रेष्ठ र सुरेन्द्र चौधरी रहेका छन् । महाधिवेशनका लागि कांग्रेसले १८ सय भन्दा बढी सदस्यहरु चयन गरिसकेको छ ।

नेपालकै एकमात्र अर्वपती तथा विनोद चौधरी कांग्रेस सांसद समेत  हुन् । भने  उद्योगी अनिल रूंगटा पर्साबाट निर्वचित पुर्व सभासद हुन् । स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष हुन् । दिपक अधिकारी सर्लाहीका कांग्रेस नेता हुन् भने नेबिसंघका पुर्व नेता रहिसकेका छन्। पुर्वमन्त्री शम्भुलाल श्रेष्ठ सर्लाहीका नेपाली कांग्रेसका नेता हुन् भने पर्साका सुरेन्द्र चौधरी पुर्व मन्त्री रहिसकेका छन्।