रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको वर्ष २०२२÷२३ को लागि कार्यसमिति चयन गरिएको छ । क्लवको बिहिबार सम्पन्न छैठौ बोर्ड बैठकले विष्णु भण्डारीको अध्यक्षतामा आगामी वर्षको बोर्ड फर्मेसन गरिएको हो । बोर्डको निवर्तमान अध्यक्षमा विष्णुप्रसाद चापागाई, प्रेसिडेन्ट ईलेक्टमा निरज श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा दीपक भट्टराई, प्रथम उपाध्यक्षमा निराजन पोखरेल, द्वितीय उपाध्यक्षमा देवीराम पाण्डे, सचिवमा शंकर पाण्डे, कोषाध्यक्षमा टिकाराम पाण्डे रहनुभएको छ ।
त्यस्तैगरी क्लव एड्मिस्ट्रेसन चियरमा केशवबहादुर कुवर, मेम्बरशिप चियरमा देवीलाल भट्टराई, पब्लि रोटेशन चियरमा किशोरकुमार बिक, सर्भिस प्रोजेक्ट चियरमा राजु चौधरी, रोटरी फाउण्डेशन चियरमा एकराज गैरे, योङ जेनेशेसन चियरमा भगवती अर्याल, सर्जेन्ट एट आम्समा गोपालप्रसाद ज्ञवाली, ईडिटरमा रमेशमणी सुवेदी, सहसचिवमा अर्जुनप्रसाद आचार्य, सहकोषाध्क्षमा सरोज पन्थ र प्रेसिडेन्ट काउन्सिल चियरमा रमेश खनाललाई चयन गरिएको छ ।
क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईको अध्यक्षतामा भएको बैठकमा निवर्तमान अध्यक्ष गोपाल ज्ञवाली, पूर्व अध्यक्षहरु बालकृष्ण अर्याल, रमेश खनाल, नविन श्रेष्ठ, खिमानन्द भुसाल, कृष्ण शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तैगरी विभिन्न समितिका संयोजकहरुले मासिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।












