नेपाली कांग्रेस सबैभन्दा समावेशी पार्टी : देउवा

प्रकाशित मिति:

काठमाडौं, पुस १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कांग्रेसजस्तो समावेशी पार्टी अरु कुनै नभएको दाबी गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘हाम्रो पार्टीमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यसमिति र तलका तहमा सुनिश्चितता गरिएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ।’

आज ९शनिबार० प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सो कार्यक्रममा देउवाले कांग्रेसले संविधानको व्यवस्थाअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गरेको बताए। नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको र राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थिति ग्यारेन्टी गरिएको स्पष्ट पारे। अहिले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुने व्यवस्था छ,’ कांग्रेस सभापतिसमेत रहेका उनले भने, ‘सभामुख र उपसभामुखमध्ये पनि एकजना महिला अनिवार्य हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौं। प्रधानमन्त्री देउवाले पार्टीभित्र र सदनमा नेत्री संग्रौलालाले महिलाको हक हितका लागि सक्रिय भूमिका खेलेको भन्दै उनको प्रशंसा गरे।@kathamandupress