पूर्वसांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश

प्रकाशित मिति:

पाल्पा, पुस १७ – एमाले पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।रायमाझीले आज शनिबार तानसेनमा पत्रकार सम्मेलन गरेर आफू एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका हुन्। उनीसँगै एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलकबहादुर रायमाझी,महेश बरालसहित २ सयभन्दा बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

झलकबहादुर रैनादेवी छहरा गाउँपालिका अध्यक्षका प्रत्यासी उमेदवार हुन्। बराल रैनादेवी छहरा(४ का वडाध्यक्ष पदका उमेदवार हुन्। पौडेल साबिकको छहरा गाविस अध्यक्ष हुन्।एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिस्ट आचारणविपरीत अधिनायकवादी सोंचअनुसार सञ्चालन गरेको हुँदा आफू सो पार्टीमा रहिरहन नसकेको यादवबहादुर रायमाझीले बताएका छन्। उनले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमानदारीपूर्वक निभाउने प्रतिबद्धता व्यक्त गरे।

एमालेमा बढेको चरम विकृति र विसंगति सच्याउन प्रयास गरे पनि आफू असफल बनेको रायमाझीले बताए। उनी पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहिसकेका छन्। पार्टी अन्तरसंघर्षमा उनी नेपाल समूहमा रहँदै आए पनि एमाले विभाजनपछि भने उनी सोही पार्टीमा बसेका थिए।@kathamandupress