सुरेश परियार,पुस १७ गते- बेलवा कृषि सहकारी सस्थाँको पाँचौ साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको सुद्धोधन वडा न.१,सिसैमा भएको कार्यक्रम सहकारीका अध्यक्ष सुनिल हरिजनको अध्यक्षता,लुम्बिनी प्रदेशका सांसद पुष्पा चौधरीको प्रमुख आतिथ्यता,कृषि विकास शाखा अधिकृत रमेश रेश्मीको विशिष्ट आतिथ्यता तथा हित बचत तथा ऋहण सहकारी सस्थाका अध्यक्ष उमाकान्त चापागाई लगायतको आतिथ्यता रहेको थियो ।
सोही अवसरमा बोल्दै लुम्बिनी प्रदेश सासद पुष्पा चौधरीले सहकारीको माध्यमबाट उधमशिलताको विकास हुने बताइएकी छन् । सहकरीलाई कम ब्याजदरमा ऋहण प्रवाह गर्न आग्रह गर्दै सासद चौधरीले लुम्बिनी प्रदेशबाट आवश्यक सहयोग गर्ने बताईन् । कार्यक्रममा अध्यक्ष सुनिल हरिजने वार्षिक प्रतिवदेन तथा लेखा समिति संयोजक अजय मल्लाहले आर्थिक प्रतिवेदन पेश गरेको सहकारीका पुर्व अध्यक्ष राकेश मल्लाहले जानकारी दिए ।कार्यक्रमको सञ्चालन रामनयन वि.कको रहेको थियो ।












