Creators Nepal द्वारा अपाङ्ग आश्रम मा सहयोग हस्तान्तरण कार्यक्रम

प्रकाशित मिति:

नयाँ वर्ष तथा ढाकटोपी दिवस को अवसर पारेर फेसबुक पेज  Creators Nepal द्वारा अपाङ्ग आश्रम मा सहयोग हस्तान्तरण कार्यक्रमद्वारा गैंडाकोट – २ नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा अवस्थित अपांग जीवन विकास संस्थामा रहेका अपाङ्ग हरु लाई खाध्यान्न सहयोग कार्यक्रम सुसम्पन्न भएको छ ।

उक्त कार्यक्रम मा बोल्दै सेवा नै धर्म हो भन्ने अठोट का साथ युवाहरूले एकजुट भएर मानवीय सेवा मा लाग्न उक्त पेजका सचीव भुवन सुवेदीले आग्रह गर्नुभयो । अपांग आश्रम का संचालक बालकृष्ण सापकोटाले यो पौष महिना मा सबै बनभोज तथा अरु रमाइलो कार्यक्रम मा गहिरहदा Creators Nepal मानव सेवामा आएको देख्दा खुशी लागेको बताउनु भएको थियो र सबै सहयोगि मन सँग सहयोग को अपिल पनि गर्नुभयो।