नेपाली काँग्रे़स भूत, वर्तमान र भविष्य (अबको दिशा निर्देश )

अबको बाटो कता हुनु पर्छ ? ( दिशा निर्देश )

प्रकाशित मिति:

प्रा डा दुर्गा दाहाल \नेपाली काँग्रेस निःसन्देह नेपाली राजनीतिको इतिहासमा एउटा युगान्तकारी र गतिशील पार्टी थियो महामानव बी। पी कोईरालाद्वारा प्रतिपादित राष्ट्रीयता, प्रजातन्त्र र समाजवादको आधारशीलामा स्थापित यो पार्टीले चारतारे झण्डाको मुनि गोलबद्ध भएर नेपालका हरेक क्रान्तिकारी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको कुरा कसैले अब फलाकि राख्नु पर्दैन  यो पार्टीको अतीत गौरवपूर्ण र ओजस्वी छ अहिलेको परिप्रेक्ष्यमा इमान्दारीपूर्वक भन्नु पर्दा नेपाली कांग्रेसले बाटो बिराउँदै आएको छ , सच्चा र विवेकशील कार्यकर्ता तथा नेताले ढाकछोप नगरि हक़ीक़त केलाउने हो भने यो पार्टीको वर्तमान नेतृत्वले बी । पीको विचारधारा र चिन्तनलाई तिलान्जली दिएर व्यक्तिगत तथा निहित स्वार्थको लागि काम गर्दै आएको छ वर्तमानलाई विहंगम दृष्टि पुर्याई, आत्मालोचना गर्दै व्यक्तिगत नाफा  नेक्सानको जोड़ घटावमा नलागि सिंगो राष्ट्र र जनताको वृहत्तर स्वार्थको ख़ातिर कुशल र सक्षम नेतृत्व चयन गरेको खण्डमा नेपाली काँग्रेसको भविष्य झन उज्यालो र कान्तिपूर्ण छ  तर पुनस् राष्ट्रीयता, प्रजातन्त्र र समाजवादको मूलमंत्र र त्यसमा निहित आदर्श, गरिमा र मुलभावलाई कार्यान्वयन गर्न सक्नु पर्छ

अबको बाटो कता हुनु पर्छ ? ( दिशा निर्देश )

नेपाली काँग्रेसले अब इतिहास भट्याएर जनता सामु जानुको कुनै तुक छैन  २००७ साल देखिको पास्नी, ब्रतबन्ध, बिहे, हनिमुन र पारपाचुके  डिभोर्स  को कुराहरू अब जनता, मतदाता र कार्यकर्तामा बिक्दैनन  राख्नै पर्ने हो भने वेबसाईटमा राखे हुन्छ , सुन्दा सुन्दा कान पाकि सके सबैका अब त  हरे शिव , नेपाली काँग्रेसले के गर्यो भन्दा पनि अहिले के गर्दैछ र अबको पाँच, दस र बीस वर्षमा के गर्छ जनता, मतदाता र कार्यकर्ता जान्न चाहन्छन  ,सँधैभरि बाजे बराजुले घिऊ खाएको कुरा गरेर समय खेर नफालौँ  आफ्नो र अरूहरूको मूल्यवान समय बर्बाद नगरौँ

के गर्नु त अब ?

नेतृत्व शीघ्रातीशीघ्र परिवर्तन गरौँ  हालको नेतृत्वले नैतिकताको आधारमा राजिनामा दिएर नयाँ नेतृत्वलाइ बाटो प्रशस्त गरि दिनु पर्छ  नयाँ नेतृत्वले पुरानो नेतृत्वलाई सधन्यवाद विदा गरि उनिहरूको संचित अनुभव आवश्यक भएको खण्डमा लिनु पर्छ
३ पार्टीको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना र कार्यक्रम बनाउनु पर्छ
४ पार्टी काठमाण्डूमा निदाएर बस्नु हुन्न  गाउँ गाउँमा पसेर व्यापक रूपमा संगठन विस्तार गर्दै प्रशिक्षण कार्यक्रम चलाउनु पर्छ
५ नेपाली काँग्रेसलाई माया गर्ने सच्चा, इमान्दार र देशभक्त कार्यकर्तालाई चिन्न सक्नु पर्छ
६ छद्मवेशी, क्षणिक र व्यक्तिगत निहित स्वार्थका ख़ातिर आएका तथाकथित कार्यकर्ताको पहिचान गरि तिनीहरूलाई निरूत्साहित र प्रतिबद्ध कार्यकर्ताको मनोबल र भावनालाई उत्साहित बनाउनु पर्छ
७ कोठे राजनीति र गुटबन्दी बन्द गर्नु पर्छ
८ नेता भनाउँदा हरूले दंभ, हठ र घमण्ड त्याग्नु पर्छ
९ मतदाता, कार्यकर्ता र जनतालाई माया, ममता, करुणा, शान्ति र विश्वास दिलाउन सक्नु पर्छ  के हो सकृय सदस्यता  किन, के को आधारमा दिईँदैछ ?

सम्प्रति, नेपाली काँग्रेसले धमाधम सकृय सदस्यता बाँडि रहेको छ , यति धेरै कार्यकर्ता सकृय रहेको पार्टीको हालत यस्तै हुनु पर्ने हो ? के र कुन कार्यमा सकृय छन यति धेरै काँग्रेसी जनहरू ? नेपाली काँग्रेसले कुन विषय र कार्यमा कार्यकर्ता हरूलाई सकृय बनाई रहेको छ र? काठमाण्डूमा बसेर सकृय कार्यकर्ता हरू चिन्ने कुन वैज्ञानिक उपकरण आयो र यति सजिलो र छिटो छरितो ढंगले सकृय कार्यकर्ता हरूको पहिचान भई रहेको छ  सकृय कार्यकर्ता निष्कृय भएको खण्डमा के गर्ने ?  विडम्बना १ दिन  रात पार्टी प्रति प्रतिबद्ध भई बी पी काँग्रेस र चार तारे झण्डाका लागि कुटाई खाने, मरिहत्ते गर्ने र दिलोज्यान दिँदै आएको नेपाली काँग्रेसको जन्मजात सिपाहीले आज सकृय सदस्यताको प्रमाणपत्र पाएन तर पार्टीको नाममा सिन्को नभाँच्ने, कुनै कार्यक्रममा सहभागी नहुने, बी। पी। लाई नचिन्ने, चारतारे झण्डाको अर्थ नबुझ्ने त्यो निष्कृय प्राणी जस्केला बाट आएर सकृय सदस्यता पाउने  हाय  नेपाली काँग्रेसका रथी  महारथीहरू

नेपाली काँग्रेस भइ नेपाली काँग्रेसलाइ निर्देशन

शीघ्रातीशीघ्र नेपाली काँग्रेसका बुद्धिजीवी, विचारक, विभिन्न विषयका ज्ञाता, अध्येता, अनुसन्धाता, सामाजिक अभियन्ता हरूको रोष्टर बनाई सल्लाह, सुझाव र निर्देशन लिई पार्टीलाई शसक्त र गतिशील बना
१ नेपाली काँग्रेस कसैको बपौती र बिर्ता हैन
२ बुवा आमाको बिरासतमा धक्कु नलगा १ खुदको पहिचान , सामर्थ्य र क्षमताको आधारमा अगाडि आईज १
३ पी एच डी र विद्वताको कसीमा नेपाली काँग्रेसका साधारण कार्यकर्ता हरूलाई कम आँकलन नगर
४ नेतामुखी राजनीतिको अन्त्य गरि कार्यकर्ता र जनतामुखी राजनीति गर
५ सेवामुखी राजनीति गरस पेशामुखी र व्यापारमुखी हैन
६ कार्यकर्ताको मनोबल उठाउने र ग्रामीणमुखी कार्यक्रम तर्जुमा गर
७ चाकडी, चुग्ली र चापलुसी चाचुचा  राजनीतिको अन्त्य गर
८ जनभावना र जनमतको क़दर गर्दै जनहितका भावी योजनाहरू बना
९ अपवित्र पार्टी गठबन्धन नगर र जथाभावी सरकारी र ग़ैर  सरकारी विषयमा हस्तक्षेप नगर

८ नेपाली काँग्रेसको भविष्य अति उज्जवल र नेतृत्वदायी छ तर महासमिति र महाधिवेशनको बैठकबाट सँच्चिएर आउनु पर्छ , विगतका ग़लत क़दमहरुका लागि आत्मालेचना गर्दै जनतासामु नयाँ कार्यक्रम लिएर जानु पर्छ १ कार्यकर्ताको मनोबल उकास्नु पर्छ , केवल विपक्षी पार्टी हरूको कमजोरी मात्रै नदेखाई संसदमा बलियो, प्रभावकारी र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्दै, जनता र मतदाताको आशा, आकाँक्षा र चाहना लाई मुखरित गर्दै बी। पी को परिकल्पित राष्ट्रनिर्माणको महाअभियानलाइ नबिर्सिने हो भने काँग्रेसले नेपालको कायापलट गर्न सक्ने छ  अन्त्यमा बी पी, गणेशमान, किसुनजी, महेन्द्र नारायण निधि र शुसील कोईराला कसैका व्यक्तिगत बुवा, दाज्यु, मामा र फुपाजु हैनन १नेपाली काँग्रेसका निधि र सर्वमान्य सबैका बुवा हुन १ उनिहरूको नाम बेचेर पार्टी चलाउने कसैलाई हक़ छैन  उनिहरू प्रातस् स्मरणीय, पुजनीय र स्तुत्य हुन  जय नेपाल  

 (प्रा डा दुर्गा दाहाल नेपाली काँग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक र नेपाली जन सम्पर्क समिति अमेरिकाका पूर्व उपाध्यक्ष हुन )