काठमाडौंं, पुस २० : नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ पुगेको छ । आइतबारको बन्दसत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको नाम वाचन गरेको भएपनि सोमबार १० जना थप गरी २४६ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको हो। हलको सुझावका आधारमा १० जनाको नाम थपिएको माअोवादी केन्द्रको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय सदस्य २९९ जनाको रहनेछ । बाँकी रहेका सदस्यहरु क्रमशः मनोनित गरिने बताइएको छ। महाधिवशेनबाट छानिएका २३६ जना केन्द्रीय सदस्यले सोमबार नै सपथ ग्रहण गरिसकेका छन्। सोमबार नै केन्द्रीय कमिटीले प्रचण्डलाई अध्यक्षका रुपमा पुनः चयन गरिसकेको छ।












